२०७४ सालको को साधारण सभामा अधक्ष्यज्यु को मन्तब्य

यस मोडेल बचत तथा ऋण  सहाकरी सस्था लि. को दशौ बार्षिक साधारण सभा तथा स्थापना दिवसका प्रमुख अतिथिज्यु, बिशेस अतिथिज्यु, जिल्ला सहकारी संघ तथा बचत संघबाट पाल्नु हुने अतिथिज्युहरु, विभिन्न संघ संस्थाबाट पाल्नु भएका अतिथिज्युहरु, पत्रकार ज्युहरु, संस्थाका सल्लाहकार महानुभावहरु, मेरा आदरणीय शेयर सदस्यहरु, मेरा सहपाठी संचालक ज्युहरु तथा ब्यबस्थापन पक्षका भै बहिनीहरुमा यस मोडेल बचत तथा ऋण सहकारी संस्था लि. साथै मेरा ब्यतिगत तर्फाबाट हार्दिक सहकारी अभिवादन ।

आदरणीय शेयर सदस्यज्युहरु,

                   “दिगो विकास लक्ष्य प्राप्तिको लगी सहकारी” भन्ने नाराका साथ सम्पूर्ण सहकारीकर्मीहरु केहि न केहि कार्यक्रम सहित प्रस्तुत भएका छन् र हामी पनि यसै लक्ष्य प्राप्तिका लगी सहकारीको दशौ साधारण सभामा उपस्थित भई रहेका छौ ।

शेयर सदस्यज्युहरु,

            देशमा संबिधान निर्माण पश्चात दुइ दशक खाली रहेका जनप्रतिनिधि पूर्तिको लागी स्थानीय निकायको निर्वाचन सम्पन्न भई सकेको छ। अबको दुइ महिना पछि प्रदेश र संघको पनि निर्वाचन भई सक्नेछ। देशमा अहिलेको अस्थिरता र असहजताको अन्त्य भई बिधि र नितिको साशन कायम हुने छ, भन्ने विश्वासका साथ अघि बढौ । जसले बिदेशिदै गरेको युवालाई लक्षित गर्दै विभिन्न वस्तुको उत्पादनमा केन्द्रित भई युवा रोजगारीको सिर्जना गर्न हरेक क्षेत्रबाट जस्तै स्तनिय निकाय, सहकारी, तथा अन्य क्षत्रबाट पनि भूमिका सिर्जना गर्नु अति आवश्यक देखिएको छ ।

शेयर सदस्यज्युहरु,

             हाम्रो संस्थाको सदस्य संस्था जुन हिसावमा बृदि हुनु पर्ने हो , सो भएको पाईदैन । यो वर्ष हाम्रो सदस्को संख्या २,०८८ कायम रहेको छ । जसमा पुरुष १,४०३ र महिला ६८५ छन्। त्यस्तै बाल बचत कर्ता १६६ रहेका छन्। यस वर्ष हामीहरुले हाम्रो त्रिबर्षीय रणनीतिक योजना अनुसार उपलब्धि हासिल सकेको छैनौ ।

सदस्यज्युहरु,

    यसरि लक्ष्य प्राप्ति गर्न नसक्नाका कारण बाह्याय  तथा हाम्रो संचालकहरुको केहि कमजोरी भएको कुरा मा स्विकर्दछु। बाह्याय कारण भन्नाले राष्ट्र बैंकको निति अनुसार सबै बित्तिय संस्थाहरुले अनिवार्य चुक्तापुजी बृधि बमोजिम ब्यबसायमा अन्धाधुन्द बृधि गरेको परिणाम भएको बुझिन्छ । पहिला बैंकले निक्षेपमा २ देखि ४ प्रतिशत ब्याज दिने गर्थे, र सहकारीहरू बाट १० प्रतिशत ब्याज दिएर निक्षेप संकलन गर्दै आएकोमा एक्कासी बैंकहरुबाट बिज्ञापन गरि छोटो अबधिको निक्षेपमै १२ देखि १३ प्रतिशत सम्मको ब्याजको लोभ देखाएर सहकारीको निक्षेप बैंकले तान्न सफल भयो। यसरी बैंकको तरलता वृद्धि भए तापनि हाल लगानीमा ब्याजदर भने घटेको छैन तर त्यसको ठिक विपरित वचतमा हुने ब्याजदर घटाएको पईन्छ। यसकारण सहकारी निक्षेप संकलन प्रभाव परेको थियो ।  र सो समस्याबाट हाम्रो संस्था पनि अछुत रहन सकेन । आशा छ लक्ष्य अनुसार २०७५ सम्ममा पुग्ने छौ ।

शेयर सदस्यज्युहरु,

      बिगत देखि गर्दै आएको सम्मान कार्यक्रमलाई नदोहोरिने गरि यस वर्ष पनि उत्कृस्ट बचतकर्ता, उत्कृस्ट ऋणी, तथा बाल वचतकर्ता, नियमित मासिक वचतकर्ता, (संचालक बाहेक )  यस वर्ष पनि सम्मान गरिने छ।साथै शुरुदेखि प्रस्तावित वृद्धा आश्रम निर्माण लक्ष्यलाई यस वर्ष यहाहरुमा प्रस्तुत गर्दै शेयर सदस्यज्युहरुको सुझाव र सल्लाहलाई कदर गर्ने गरि अगाडी बढ्ने प्रतिबद्धता जनाउदछौ ।

अन्त्यमा,   

आफ्नो व्यस्त समयको बाबजुत पनि हाम्रो अतिथ्य्लाई स्वीकार गरि पाल्नु भएको प्रमुख अतिथिज्यु, बिशिस्ट अतिथिज्यु, आममित्र विभिन्न संस्थाबाट पाल्नु भएका अतिथिज्युहरु, संस्थाका सल्लाहकारज्यु हरु, संचालक समितिका सदस्य साथीहरु, लेखा सुपरिवेक्षण समितिका, संयोजक तथा सदस्यज्युहरु, विभिन्न उप-समितिका संयोजक तथा सदस्यज्युहरु , पत्रकार मित्रहरु, तथा सम्पूर्ण कर्मचारी तथा भाई बहिनिहरु र प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा यस संस्थालाई सहयोग पुर्याउने हुने सम्पूर्णमा यहि २०७४ सालको शुभ विजय दशमी,  शुभ दिपावली, ११३५ न्हुदया: भिन्तुना साथै सम्पूर्णमा सुख शान्ति, सम्वृद्धि, दिर्घायु तथा उत्तरोत्तर प्रगतोको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दै म मेरो मन्तब्य यहि अन्त्य गर्दछु ।

Start typing and press Enter to search

modelsaccos sadaharan sava