१५ औं बार्षिक साधारण सभामा उपस्थिति हुने बारे ।

१५ औं बार्षिक साधारण सभामा उपस्थिति हुने बारे ।

पत्र संख्या ः२०७९÷०८०                                                                                                 मिति २०७९÷०५÷१०

चलानी नं. ३०

विषय ः १५ औं बार्षिक साधारण सभामा उपस्थिति हुने बारे ।

उपरोक्त सम्बन्धमा यस संस्थाको मिति २०७९ भाद्र ४ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार देहायका प्रस्तावहरु उपर छलफल गरी निर्णय गर्न संस्थाको १५ औं वार्षिक साधारण सभा निम्न मिति, समय र स्थानमा हुने भएकोले सम्पूर्ण शेयर सदस्य महानुभावहरुको अनिवार्य उपस्थितिको लागी हार्दिक अनुरोध गरिन्छ ।

छलफलका प्रस्तावहरु

१. आ.व. २०७८÷०७९ को सचिवको प्रगति प्रतिवेदन सम्बन्धमा ।
२. आ.व. २०७८÷०७९ को कोषाध्यक्षको आर्थिक प्रतिवेदन सम्बन्धमा ।
३. आ.व. २०७८÷०७९ को लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन माथि छलफल तथा अनुमोदन सम्बन्धमा ।
४. आ.व. २०७८÷०७९ को लेखापरीक्षण प्रतिवेदन माथि छलफल तथा अनुमोदन सम्बन्धमा ।
५. आ.व. २०७९÷०८० को वार्षिक बजेट तथा कार्यक्रम सम्बन्धमा ।
६. आ.व. २०७९÷०८० को लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा ।
७ शेयर लाभांस स्वीकृत गर्ने सम्बन्धमा ।
८. संरक्षित पूँजी फिर्ता कोष वितरण गर्ने सम्बन्धमा ।
९. नीति तथा कार्यविधि संशोधन तथा पारित गर्ने सम्बन्धमा
१०. संस्थाको पुनरलिखित विनियम स्वीकृत गर्ने सम्बन्धमा ।
११. निर्वाचन सम्बन्धमा ।
१२. संस्था एकीकरण सम्बन्धमा ।
१३. संस्थाको पञ्चवर्षिय रणनीतिक योजना सम्बन्धमा ।
१४. साधारण सभाको निर्णय पुस्तिका प्रमाणित गर्न प्रतिनिधि छनौट सम्बन्धमा ।
१५. विविध ।

कार्यक्रम:

मिति ः २०७९÷०६÷०६ बिहिबार
स्थान ः उग्रचण्डी होटल बनेपा ७, अरनिको हाइवे
समय ः बिहान १० बजे देखि ३ बजे सम्म

थप अनुरोध

१. साधारण सभामा सहभागि हुन आउदाँ संस्थाले प्रदान गरेका मासिक बचतको पासबुक वा नागरिकता अनिवार्य लिएर आउनुहुन अनुरोध छ ।
२. अनिवार्य नियमित मासिक बचत, ऋणको किस्ता र व्याज बुझाउन बाँकी छ भने साधारण सभा अगावै बुझाउनु हुन अनुरोध छ ।
३. साधारण सभामा उपस्थिति हुन आउँदा स्वास्थ्य सुरक्षालाई ध्यानमा राखि अनिवार्य रुपमा माक्सको प्रयोग गरी आउनुहोला ।
४. परिवहन खर्च लिनको लागी सदस्य स्वयम् अनिवार्य उपस्थित हुनुपर्नेछ ।

साधारण सभा कार्यसूची

क्र.स. उपस्थिति सदस्यता सभा हुने स्थान मिति र समय
१ सदस्यता नं.१ देखि १००० सम्म संस्थाको आफ्नै कार्यालय मिति २०७९ आश्विन २
२ सदस्यता नं.१००१ देखि २००० सम्म संस्थाको आफ्नै कार्यालय मिति २०७९ आश्विन ३
३ सदस्यता नं.२००१ देखि माथि सबै संस्थाको आफ्नै कार्यालय मिति २०७९ आश्विन ४
४ समापन कार्यक्रम उग्रचण्डी होटल मिति २०७९ आश्विन ६